प्रधानमन्त्री आउने भएपछि धनगढीमा विहानैदेखि चोक चोकमा  सुरक्षाकर्मी परिचालन (फोटो फिचर)
 
rajniti

नेकपा सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडा पारिएको छ । स्थानीय प्रशासनको निर्देशन अनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर विहानैदेखि चोक चोकमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

2

2

धनगढीमा विहानैदेखि चोक चोकमा नेपाल प्रहरी शसस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचलन गरिएको छ । नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमसेर जबराले बताए ।

4

2

4

सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ । नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत विहानैदेखि नै नियमित गस्ती र चोक चोकमा सुरक्षाकर्मी खटाईएको छ । 

2

4

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै कैलालीमा झण्डै डेढ हजार सुरक्षाकर्मी परिचालन भएका छन् भने सादा पोशाकमा झण्डै २ सय जना सुरक्षाकर्मी खटाईनेछन । जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न वा लगाउन प्रतिबन्ध लगाईएको छ । 

1