 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना संक्रमण मुक्त भएका छन् ।
 
 पारसले सोमवार सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको २५ दिनपछि आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएको जनकारी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणको क्रममा पारसलाई कोरोना संक्रमण देखिएको थियो ।
 
 
 उनले कोरोना संक्रमणका कारण चितवनमा भएको गौतम बुद्ध कप गुमाएका थिए ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
