
धनगढीमा बिशेषज्ञ सुविा सहितको डी हेल्थकेयर क्लिनिक सञ्चालनमा आएको छ । धनगढीको चौधरी बुक डिपोको लाईनमा अत्याधुनिक सुविधा सहित विशेषज्ञ सेवा दिने उद्देश्यका साथ डी हेल्थकेयर क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

क्लिनिकले आजदेखि आफ्नो सेवा सुरु गरेको सञ्चालक सन्देश उपाध्यायले जानकारी दिए । उनका अनुसार शल्यक्रिया, स्त्रीरोग, बालरोग, हाडजोर्नीका विशेषज्ञ चिकित्सकद्धारा उपचार गरिनेछ । टिएफटी जाँच सहितको सम्पुर्ण जाँच गर्न सकिने प्रयोगशाला तथा फार्मेसी सेवा पनि सञ्चालनमा ल्याईएको हो ।

झण्डै ८० लाखको लगानीमा प्रविधि अनुसारको चिकित्सा सेवा दिनका लागि धनगढीमा बिशेषज्ञ सुविधा सहितको डी हेल्थकेयर क्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक उपाध्यायले बताए ।