बालुवा निकाल्ने क्रममा नदीमा फसेकी महिलाको उद्धार
 
ss

दार्चुलाको महाकाली नदीमा फसेकी एक महिलाको उद्धार गरिएको छ। बालुवा निकाल्ने क्रममा एक्कासी पानीको सतह बढ्दा नदीमा फसेकी महिलालाई प्रहरीको टोलीले उद्धार  गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माका अनुसार महाकाली नगरपालिका–५ की २४ वर्षिया लीला ओडलाई उद्धार गरिएको हो ।

ओड बिहानै महाकाली नगरपालिका–५ गल्फै क्षेत्रको नदी किनारमा बालुवा निकाल्न गएकी थिइन् । ओडको उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको तथा अवस्था सामान्य रहेको बताइएको छ ।