कोरोनामुक्त स्वास्थ्यकर्मी चन्द्रा भन्छिन्, मलाई यति पीडा त सुत्केरी हुँदा समेत भाको थिएन
 
corona

कोरोनाभाइरसको संक्रमणबाट स्वास्थ्यकर्मी चन्द्रा न्यौपाने संक्रमणमुक्त भएकी छन्। डोटीको जोरायल गाउँपालिको लक्ष्मि नगर स्वास्थ्य चौकीमा  कार्यरत न्यौपाने संक्रमण भएको २८ दिन पछि कोरोना संक्रमणमुक्त भएकी हुन् ।

उनि सो अविधि भर होम आईसोलेशनमै बस्दै आएकी थिईन् । यस अवधिमा खानपान र व्यायाममा पनि विषेश ध्यान दिनुपर्ने उनले बताईन् । सो अवधिमा धेरै कष्ट भोग्नुपरेको दुखेसो पोखिन् । “पानी पिउँदा पनि घाटि पोल्ने स्थिती भएको थियो”उनले भनिन्, “यति सम्मको पिडा सायदै आजसम्म भोगेको अनुभव छैन मलाई , यति पीडा त सुत्केरी हुँदा समेत भाको थिएन ।”

यस्तै संक्रमणबाट बच्न मास्क, स्यानिटाइजर प्रयोग गर्न र कोरोना संक्रमित भइहालेमा भयभीत नभई उच्च मनोबलका साथ स्वयम् अनुशासित भएर डाक्टरको सल्लाह अनुसार उपचार गरेपछि कोरोनालाई जित्न सकिने बताईन् । उनले कोरोनालाई सामान्य रुपमा कसैले नलिन समेत सुझाब दिईन् ।