काग्रेंस नेतृ आरजु राणा देउवाद्वारा कैलालीका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
 
dd

कोरोना माहामारीका समयमा कांग्रेस नेतृ आरजु राणा देउवाले फ्रन्टलाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकी छिन् । बुधबार देउवाको धनगढी स्थित निवासमा पत्रकारका लागि पठाईएको स्वास्थय सामाग्री हस्तान्तरण गरिएको हो ।

2

कोभिड १९ बाट जोगिनका लागि अति आवश्यक पर्ने मास्क र सेनिटाईजर लगायतका सामाग्री नेतृ देउवाका सहयोगी रमेश चन्दले प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई हस्तान्तरण गरे । सामाग्री ग्रहण गर्दै प्रेस युनियन कैलालीका अध्यक्ष देउवाले प्राप्त सामाग्री महामारीका बिच अग्रपंक्तीमा रहेर काम गर्ने कैलालीका सम्पुर्ण पत्रकारको पहुँचमा पुर्याउने बताए । उनले भने– ‘अहिलेको परिस्थिति ज्यान जोगाउनु र आफु सुरक्षित रहनु हो ।’ सबै स्वास्थ्य सुरक्षा सामग्री कैलाली जिल्लामा रहेका पत्रकारलाई वितरण गरिने देउवाले बताए ।

2

यसभन्दा अगाडी नेतृ देउवाले धनगढी उपमहानगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि १० लाख र सेती प्रादेशिक अस्पतालमा बिरामीको उपचारमा प्रयोग गर्नका लागि २ थाल कन्सन्ट्रेटर समेत सहयोग गरेकी थिईन् । 

2