
सुदूरपश्चिम प्रदेशमा पछिल्लो केहि दिन यता कोरोना सङ्क्रमितको मृत्युदर घट्दै गएको छ । गत वैशाख ३१ गते प्रदेशमा ३० जनाको मृत्यु भएको थियो । यसरी हेर्दा केहि दिन यता मृत्युदर घट्दै गईरहेको हो । प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको स्वास्थ्य स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार कैलालीमा ७ जना,कञ्चनपुरमा २,बैतडीमा १ गरि १० जना सङ्क्रमितको मृत्यु भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर ५२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ५४४ जनाको नमुना परीक्षण गर्दा ५२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । प्रदेशभर ५२३ जनामा कोरोना संक्रमण हुँदा ४२१ जना कोरोनामुक्त भएका छन् ।
