सुदूरपश्चिममा जेठको पहिलो साता कोरोनाः १०१ जनाको मृत्यु, ५०३६ जनामा संक्रमण पुष्टि, २२५८ जना निको
 
dd

दोस्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण सुदूरपश्चिम प्रदेशमा जेठको पहिलो साता १०१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार जेठ १ गतेदेखि ७ गतेसम्म एक सय १ जनाको संक्रमितले ज्यान गुमाएका हुन् ।

एक साताको अवधिमा सबैभन्दा वढी जेठ २ गते २१ जनाको मृत्यु भएको छ । जेठ १ गते १६ जना, जेठ ३ र ४ गते १४÷१४ जना, जेठ ५ गते १५ जना, जेठ ६ गते १० जना र जेठ ७ गते ११ जनाको मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

७ दिनको अवधिमा प्रदेशभर पाँच हजार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार जेठ ७ गते सबैभन्दा वढी ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार जेठ १ गते ४८२ जना, जेठ २ गते ८७६ जना, जेठ ३ गते ४८७ जना, जेठ ४ गते ५८३ जना, जेठ ५ गते ८८१ जना र जेठ ६ गते ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा दुई हजार दुई सय ५८ जनाले कोरोना जितेका छन् । सबैभन्दा बढी जेठ ७ गते ५९७ जना कोरोनालाई हराएर घर फर्किएका छन् । तथ्यांक अनुसार जेठ १ गते १४९ जना, जेठ २ गते २१७ जना, जेठ ३ गते ३२९ जना, जेठ ४ गते २३४ जना जेठ ५ गते ३९८ जना र जेठ ६ गते ३३५ जनाले कोरोनालाई परास्त गरेका छन् ।