
कैलालीको सेती प्रादेशिक अस्पतालमा थप ४ जना संक्रमितको मृत्यु भएको छ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय महिला, गोदावरी नगरपालिका ४ का ५० वर्षीय पुरुष, गोदावरीकै वडा नम्बर २ का ६५ वर्षीय पुरुष र बर्दागोरिया गाउँपालिका वडा नम्बर ६ का ६५ वर्षीया महिलाको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रोष्ठले बताए।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ८ सय ४६ जनाको नमुना परिक्षण गर्दा थप ४६४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। भने ३ सय ८२ जनाको रिपोर्ट नेगेटिभ अएको छ।
