
कैलालीमा नेपाली सेनाको महिला सैनिकले पनि कोरोना संक्रमित मृतकको शव व्यवस्थापनमा खटिएको छ।

शव व्यवस्थापनका लागि भवानी दल गण कैलालीकी उपसेनानी शशि खड्काको कमाण्डमा ५ जना महिला सैनिक खटाइएको भवानीदल गण कैलालीले जनाएको छ।
महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिम प्राप्त महिला सैनिक खटाइएको भवानी दल गणका गणपति तथा प्रमुख सेनानी विकास केसीले बताए।
