
धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न व्यवसायी रविनकान्त पन्तले सहयोग गरेका छन् ।

उनले धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न र अक्सिजन सिलिण्डर व्यवस्थापनका लागि एक लाख ५१ हजार सहयोग गरेका हुन् ।
उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा देव फाउण्डेसनका अध्यक्ष पन्तले रकम जम्मा गरेका हुन् ।
