
धनगढी घर भएका पूर्व डिएसपी मोती सिंह धामीको निधन भएको छ । अछाम मंगलसेन नगरपालिका वडा नम्बर १० जुपु घर भएर हाल धनगढीमा बस्दै आएका धामीको निधन भएको हो ।

काठमाण्डौंको नर्भिक अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना भएपछि उनको नर्भिकको आईसियुमा उपचार भईरहेको थियो ।
