
सुदूरपश्चिम प्रदेशमा पछिल्लो पाँच दिनमा ५३ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सार्वजनिक गरेको तथ्याङक अनुसार पछिल्लो पाँच दिनमा ५३ संक्रमितको मृत्यु भएको हो ।
१८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना र २२ गते ९ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा जोडिएको छैन् ।