
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर ५ का ३५ बर्षिय एक पुरुषको उपचारको क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान ८ बजे उनको ज्यान गएको अस्पतालले जनाएको छ ।

सोमबार सेति अस्पतालमै कञ्चनपुरको बेदकोट नगरपालिका १ का ४८ बर्षिय कोरोना संक्रमितको मृत्यु भएको थियो ।