
बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको छ । ज्यान जानेमा थलारा-४ ठिङका ३९ वर्षीय प्रेम डौडे रहेका छन् ।

उनलाई वैशाख ८ गते कोरोना संक्रमण देखिएको र वैशाख ११ गते उनको मृत्यु भएको परिवार स्रोतलाई उदृत गर्दै भारतबाट भरत थापाले बताए । मृतक लामो समयदेखि भारतको आन्द्रामा काम गर्दै आएका थिए ।
