
सुदूरपश्चिममा थप ८४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा १३ जना र महाकाली अस्पतालको प्रयोगशालामा ६५ र अन्य ४ जना गरि ८४ जनामा कोरोना संक्रमण पुष्टि भएका जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५९९ जनाको नमूना परीक्षण गरिएको हो जसमध्ये ८४ जनामा संक्रममण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
