
कोभिड–१९ को नयाँ प्रजाति फैलिएपछि सरकारले देशका मुख्य सहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तभर मख्य शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मुख्य सहरममा सुदूरपश्चिमको धनगढी मात्रै परेको छ ।
धनगढीमा बैशाख मसान्तसम्म भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सिफारिसअनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।