कैलालीको त्रिनगर नाकाबाट भारतमा अलपत्र नेपाली भित्रिने क्रम जारी रहेको छ । विहीवार दुई हजार ९ सय ४१ जना नेपाली त्रिनगर नाका भएर भित्रिएका हुन । स्वदेश भित्रिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मतबहादुर थापाले बताए ।
उनीहरुलाई स्थानीय तहको क्वारेन्टाईनमा राखिने छ । उता कञ्चनपुरको गड्डाचौकी नाकाबाट विहीवार १२ सय भन्दा बढी नेपालीको उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतका विभिन्न क्षेत्रबाट फर्किएका एक हजार दुई सय २२ जनाको पश्चिमी सीमा नाकाबाट उद्धार गरिएको जनाएको छ ।
यस्तै नेपालबाट दुई सय ४७ जनालाई भारत पठाईएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48