
गौरीफन्टा नाका भएर आज भारतबाट फर्किएकामध्ये ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज फर्किएका एक हजार २७ जनामध्ये शङ्कास्पद् ४७५ जनाको स्वास्थ्य परीक्षण गरिएको नाकामा खट्नु भएका स्वास्थ्यकर्मी गणेश साउँदले बताए ।
आजनै सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा ६६ नमूना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो ।
