
कञ्चनपुरको एक घरमा आगलागी भएको छ। बेलौरी नगरपालिका–१० शिवनगर बस्ने शेरबहादुर सिंहको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

भान्साबाट लागेको आगो उनको २ तले घरमा सल्किएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। आगलागीबाट करिब ८ लाख बराबरको क्षति भएको उनले बताए। तर मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।
आगो प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको प्रहरीले बताएको छ।
