
कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

फागुनको पहिलो साता भारतबाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कडा प्रकारको निमोनोया सहित अस्पताल भर्ना भएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो ।