
शनिबार सुदूरपश्चिममा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुस्टि भएको हो।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल बैतडीको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुस्टि भएको जनाएको छ।

निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा ७० जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो।
यस्तै, बैतडी अस्पतालको प्रयोगशालामा ६ जनाको नमूना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो।