
सुदूरपश्चिममा थप ४ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला परीक्षणमा ३१ नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घोडाघोडी नगरपालीकाका वडा नम्बर ६ का २ जना र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का दुई जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
अहिले अस्पतालमा कुल संक्रमित मध्ये २ जनालाई आइसियूमा राखिएको अस्पतालले जनाएको छ।
