
निर्माण व्यवसायी संघ कैलालीको २६ औं वार्षिक साधारण सभा धनगढीमा आज सुरु भएको छ ।

निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले एक कार्यक्रमकोबीचमा साधारण सभाको उद्घाटन गरे । सो अवसरमा उनले निर्माण व्यवसायी संघ कैलालीको क्यालेन्डर विमोचन गरे ।
संघका कैलाली अध्यक्ष यज्ञराज उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विभिन्न व्यक्ति, निर्माण व्यवसायीको सहभागिता रहेको छ ।
