
सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा १९ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कैलालीको घोडाघोडी नगरपालिका २ र ६ का दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ ।
अहिले अस्पतालमा कुल संक्रमित मध्ये ३ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखिएको छ ।
