
बाघको छाला खप्पर र दातको दारा सहित कैलाली बाट एक जना पक्राउ परेका छन् ।

मोहन्याल गाउँपालिका ७ पितमारिमा संघीय इकाइ प्रहरी कार्यालयको सादा पोसाकका प्रहरी टोलिले दैलेख आठबिस नगरपालिका ३ का ४९ बर्षका बिनिप्रसाद जैसीलाई पक्राउ गरेको हो ।
उनको साथ बाट बाघको छाला एक थान, छुट्टै बाघको खप्पर १ थान र दातको दारा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
