
लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले निर्मता पन्तको बलात्कारपछि हत्या घटनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै संलग्नता रहेको आरोप लगाएका छन् ।

सोमबार सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै संग्रौलाले गृहमन्त्रीको संलग्न रहेकाले घटनापछि बालदल निरिह बनेको आरोप लगाएका हुन् ।
त्यही निरिहतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ राखेर ‘ब्ल्याकमेलिङ’ गरेको उनले सामाजिक संजाल फेशबुकमा भनेका छन् । त्यस्तै समयक्रमसँगै धेरै कुराहरु खुल्दै जाने संग्रौलाको दावी छ ।

यस्तो छ संग्रौलाले लेखेको स्टाटस :
निर्मला पन्तको बलात्कार पछि हत्यामा रामबहादुर थापा ‘बादल’को संम्लग्नताले उनी निरिह बने। उनको निरिहपनलाई केपी ओलीले ब्ल्याक्मेलीङ गरिरहेका छन । आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ।