
कैलालीबाट प्रहरीले २१ लाख ३६ हजार बढीको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका वडा नम्बर ५ लौवास्ताबाट प्रहरीले २१ लाख ३६ हजारको अवैध सामान सहित सोही ठाउँका ३७ वर्षीय रतिराम चौधरी र प्रदिप तामाङलाई पक्राउ गरिएको हो।
चौधरीलाई से १ त १५६७ नम्बरको ट्याक्टर र तामाङलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकलमा अवैध कपडा सहित पक्राउ गरिएको कैेलाली प्रहरीले बताएको छ।

उनीहरुलाई कानूनी कारबाहीका लागि सत्ती भन्सार कार्यालयमा बुझाइएको छ।