धनगढीमा एसीग्यास पड्किएर एक जना घाइते
 
death

धनगढीमा एसी गयास पड्किँदा एक जना घाइते भएका छन्।

सेती प्रादेशिक अस्पतालको कोभिड ल्याबमा रहेको फ्रिजको एसी ग्यास पड्किँदा धनगढीकै ३८ वर्षीय टंक ओझा घाइते भएका हुन। 

अस्पतालको बिग्रीएको फ्रिज बनाउने क्रममा एसी ग्यास पड्किएर उनी घाइते भएको पारिवारिक स्रोतले बताएको छ। 

शिखर कूल टेकका सञ्चालक रहेका घाइते ओझाको अवस्था सामान्य रहेको सेती अस्पतालले जनाएको छ।