
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । यता धनगढीमा रहेको शिवपुरी उत्तर रामेश्वर ज्योतिर्लिङ्ग धाममा दर्शन गर्ने भक्तजनको घुईचो लागेको छ। बिहानैदेखि धनगढीका आसपासका ठाउ र अत्तरियादेखि भक्तजनहरु उत्तर रामेश्वर ज्योतिर्लिङ्ग दर्शन गर्न पुगेका छन् ।

