
धनगढी : कैलालीमा पुनः आगलागी भएको छ । जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित खडक सिंह पालले सञ्चालन गरेको के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

बिष्टले मंगलबार विहान आगलागी हुदाँ १ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । धनगढी उपमहानगरपालिका र गोदवारी नगरपालिकाको दमकम, प्रहरी र स्थानीयको संयुक्त प्यासपछि आगो नियन्त्रणमा लिइएको जनाएको छ । आगलागीको कारण भने खुुल्न सकेको छैन् ।
