
धनगढी चौराह क्षेत्रका महिलालाई सामुहिक भोजन गराईएको छ । एक सय ११ औं नारी दिवसको अवसर पारेर चौराह क्षेत्रका महिलाहरुलाई सामुहिक भोजन गराईएको हो ।

किशोर सिर्जनसिल युवा क्लबले रात्री भोज गराएको हो । नारी दिवसको अवसर पारेर महिलाहरुलाई सम्मान गर्दै भोजन ग्रहण गराईएको किशोर सिर्जनसिल क्लबका उपाध्यक्ष जगत शाहीले जानकारी दिए ।

चौराह क्षेत्रका ९० जना महिलाहरुलाई खाना खुवाईएको छ । उपाध्यक्ष शाहीका अनुसार क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।