रेडक्रस सोसाइटी धनगढीले ५० औं स्वर्ण जयन्ती मनाउने
 
rr

नेपाल रेडक्रस सोसाइटी धनगढीले ५० औं स्वर्ण जयन्ती मनाउने भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शाखाले स्थापना दिवसको अवसरमा फागुन २६ गते स्वर्ण जयन्ती मनाउने जानकारी दिएको हो । 

रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको अर्धकदको शालिकको अनावरण गरिने नेपाल रेडक्रस सोसाइटी धनगढीका मन्त्री लोकराज जोशीले बताए।  सोही दिन प्रभातफेरी र सम्मानको कार्यक्रम समेत रहेको छ ।