
प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले धनगढीको चटकपुर स्थित आगलागी भएको फर्निचर उद्योगको निरीक्षण गरेका छन ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुर स्थित आगलागी भएको आलोक मल्टी कन्सर्न प्रालिद्धारा सञ्चालनमा ल्याउन थालिएको उद्योग प्रमुख अहिराजले स्थलगल निरीक्षण गरेका हुन ।

होटलबाट नजिकै भएका कारण बिहान हिड्दै आगलागी भएको उद्योगमा पुगेको बताउदै उनले उद्योगमा भएको क्षति देखेर मन पोलेको बताए ।
उनले सुदूरपश्चिमको डडेल्धुराका यूवाहरुले मिलेर काम सुरु गरेको र धेरैलाई रोजगारी पनि दीएको भएपनि उद्घाटन नहुँदै आगोले उद्योग खरानी भएको देख्दा दुख लागेको बताए ।
उद्योगमा भएको आगलागीबाट झण्डै ८ करोड बराबरको क्षति भएको कैलाली प्रहरीले बताएको छ ।