
धनगढीको फर्निचर पसलमा भिषण आगलागी भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको फर्निचर शोरुममा आगलागी भएको हो ।

नेपाल आयल निगमको अगाडी रहेको आलोक फर्निचरमा आगलागी भएको हो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । पर्निचरमा लागेको आलो निभाउने प्रयास जारी रहेको छ ।

आगलागी भएको निकै ढिलो दमकल पुगेको छ । अहिले दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ ।