
सुदूरपश्चिमका योगेश ओझा नेपालका सय जना प्रभावशाली व्यक्तिको सूचिमा पर्न सफल भएका छन् । ऐश्वर्य विद्या निकेतन धनगढीका पूर्व विद्यार्थी ओझा रिसर्च तथा डेभोलप्मेन्ट ईञ्जिनियर हुन् ।

ईञ्जिनियर ओझाले सय जना प्रभावशाली व्यक्तिको सूचिमा परेको खवर सुन्दा आफूलाई शुरुमा विश्वास नै नलागेको बताएका छन् ।

बिजनस म्यागजिनले प्रकाशन गरेको उक्त सूचिमा कुलमान घिसिङ लगायत समाज बदल्न योगदान पु¥याउन बिभिन्न बिधाका व्यक्तिहरु परेका छन् ।