
कञ्चनपुरमा २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्। भिमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार स्थानीय भुवन भण्डारीले संचालन गरेको करण वार एण्ड रेष्टुरेन्टबाट उनीहरुलाइ पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १० वस्ने २२ वर्षिय दीपकराज जोशी, सोही ठाँउका २४ वर्षिय भुवन भण्डारी, २७ वर्षिय भीम शाही, २९ वर्षिय बिनोद सिंह चन्द, ४६ वर्षिय तेजबहादुर चन्द, २२ वर्षिय महेश सिंह थापा र २२ वर्षिय पंकज पन्त रहेका छन्।

उनीहरुलाइ नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।