नेपाल शिक्षक संघले आज (बुधबार) कञ्चनपुरका शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ । महाकाली माविका शिक्षक मधुविलास ढुंगानालाई प्रहरीले पक्राउ गरेको विरोधमा शिक्षक संघले एक दिन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो ।
शिक्षकहरु कक्षा कोठामा निर्धक्क जाने वातावरण नबने थप संघर्षका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिँदै शिक्षक संघका अध्यक्ष गणेशबहादुर चन्द र सचिव नविनसिंह धामीद्वारा जारी विज्ञप्तिमा एक दिन सांकेतिक विरोधका लागि जिल्लाभरीका सम्पूर्ण विद्यालयहरुको पठकपाठन बन्द आह्वान गरिएको उल्लेख छ ।
शिक्षक संघले ढुंगानाविरुद्ध झुठा मुद्दा लगाएर फसाउन खोजेको दाबी गरेको छ । उनलाई फागुन ६ गते इलाका प्रहरी कार्यालय बेलौरीले विद्यालयबाटै पक्राउ गरेको थियो । ढुंगानमामाथि बलात्कारको आरोप लागेको छ ।
2024/05/19, 1:43
2024/05/19, 1:40
2024/05/19, 1:38
2024/05/19, 1:26
2024/05/19, 1:21
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/30, 4:46
2020/11/08, 9:39
2021/07/16, 11:32
2022/03/29, 2:46