
विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी सिमसार क्षेत्रमा सङ्कटापन्न प्रजातिका चरा थपिएका छन् ।

कैलालीमा रहेको यो सिमसारमा मोरङ्ग चिल, गोठे लाटोकोसेरो र जलरङ्क गरी तीन प्रजाति थपिएका हुन । यो वर्ष चरा गणनाको क्रममा घोडाघोडी सिमसारमा यी प्रजाति पहिलो पटक अभिलेख गरिएको छ ।
योसंगै सुदूरपश्चिमको एक प्रसिद्ध सिमसार घोडाघोडीमा पाइने चरा प्रजाति सङ्ख्या बढेर ३४५ पुगेको छ ।
