
सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाइएको छ ।

आज बसेको प्रदेश सभाको बैठकबाट दफावार छलफलका लागि विधेयकलाई सामाजिक विकास समितिमा पठाइएको हो । यसअघि, विधेयकमाथि सामान्य छलफल गरिएको थियो ।
छलफलमा प्रदेश सभा सदस्यहरु बलदेव रेग्मी, श्यामलाल रानाथारु, मालामति रानाथारुले भाग लिएका थिए । प्रदेश सभाको अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।
