 
नेपालका क्रिकेटर सन्दीप लामिछाने आइपिएलको सिजन २०२१ का लागि भएको अक्सनमा बिक्रि हुन असफल भएका छन् । शुक्रबार चेन्नईमा भइरहेको मिनि अक्सनमा सन्दीपलाई भित्र्याउन कुनै पनि टिमले चासो नदेखाएका हुन् ।
 
 यो सिजनमा सन्दीपको न्यूनतम पारिश्रमिक ४० लाख भारु राखिएको थियो । सन्दीप पहिलो पटक सन् २०१८ को सिजनका लागि दिल्ली क्यापिटल्समा आबद्ध भएका थिए । त्यतिबेला उनी २० लाख भारुमा आबद्ध भएका थिए ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
