
कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कांग्रेसको नेतृत्व बिना कुनै पनि परिवर्तन आजसम्म सम्भव नभएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बस्नेतले कांग्रेसको उपस्थिति र नेतृत्व विना परिवर्तन सम्भव नभएकाले अहिलेको परिस्थितिलाई गम्भीरताका साथ हेर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए।
