डिपार्टमेन्ट स्टोरलाई काखा, अरुलाई पाखा किन, सबैलाई समान नियम  हुनुपर्छः व्यवसायी (भिडियो सहित)
 
bayapari

प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले देश लकडाउनमा गएपछि डिपार्टमेन्टल स्टोरहरु खोलेरै सेवा दिईरहेका छन । तर धनगढीका अन्य व्यवसायीहरुलाई भने पसल खोल्ने समय तोकिएको छ । त्यही समयमा पनि व्यापारीहरुलाई लकडाउन उल्लंघन भएको भन्दै प्रहरीले सताईरहेको छ । ध

नगढीका दुई वटा डिपार्टमेन्टर स्टोरले दिनभरी नै खोलेर सेवा दिईरहेको विषयलाई अन्य व्यवसायीले भने सरकारको दोहोरो मापदण्ड भनेर चर्को आलोचना गरेका छन् । 
चौलानी डिपार्टमेन्टल स्टोर र धनगढीमै तीन शाखा रहेको ओम टेड सेन्टरले लकडाउनको समयमा फरक फरक समयमा खोल्ने गरेका थिए । तर आजभोली दुवै डिपार्टमेन्टर स्टोर दिनभरी नै खोलिएका छन् । तर अन्य अति आवश्यकीय, खाद्यान्न लगायतका पसलहरु विहान ५ बजेदेखि ९ बजेसम्म खोल्ने व्यवस्था गरिएको छ ।

कैलालीका व्यवसायीहरुले व्यापारीहरुलाई नै विभेद भईरहेको आरोप लगाएका छन् । धनगढीका डिपार्टमेन्टल स्टोरलाई दिइएको सुविधा अन्य त्यस्तै प्रकृतिका पसलहरुले कारोवार गर्ने छुट पाउने कि नपाउने ? लकडाउनको समयमा पनि डिपार्टमेन्टल स्टोरले  व्यापार गर्न पाएको छुट अन्यले नपाउने हो भने, सरकारको सौतेलो व्यवहार भनेर मान्नु पर्ने कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले बताए । कैलालीका  अन्य व्यवसायीले आफुहरुमाथि सरकारको असमान व्यवहार भयो भन्दै समान व्यवहारको माग गरेका छन् ।