भागरथी भट्टका दोषीको पहिचान नभएपछि छात्राले पठाए प्रधानमन्त्रीलाई पत्र
 
tt

बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसक्दा आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै बेनीस्थित लिटल गार्डेन एकेडेमीका छात्राले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

तीन वर्षसम्म निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान हुन नसकेको अवस्थामा भागरथीको पनि सोही नियति दोहोरिएको उनीहरूको भनाइ छ ।

दोषीको पहिचान र कारबाहीको माग गर्दै छात्राहरूले बालिका, किशोरी र नारीको अस्मिता रक्षा एवं जीवन रक्षाको प्रत्याभूति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।