
बैतडीमा गोली हानेर छोरीको हत्या गर्ने बुवा अझै पक्राउ परेका छैनन् । आफ्नै विवाहित छोरीलाई गोली प्रहार गरि हत्या गर्ने पुर्चाैडी नगरपालिका–१० का धनसिह महरा अझै पक्राउ नपरेका हुन् ।

छोरीको हत्या गरेकी राती घर समेत जलाएका महराको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
महराले शनिबार साँझ भरुवा बन्दुकको गोली प्रहार गरेर आफ्नी २० वर्षीया विवाहित छोरी बेलमती महराको हत्या गरेका थिए ।
