
सुदूरपश्चिम प्रदेशमा बिहीबार १ सय ५ जनाको नमूना परीक्षण गर्दा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

प्रदेशका २ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सेती अस्पतालको प्रयोगशालामा ३५ जनाको नमूना परीक्षण गर्दा ३ जना र जिल्ला अस्पताल कझाङको प्रयोगशालामा ७० जनाको नमूना परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।
