 
कैलालीको त्रिनगर नाकामा रोयल कोल्याव्रोटिभ्सले विगत १० दिनदेखि संचालन गरेको निःशुल्क खाना खुवाईरहेको छ । सुरुदेखि हालसम्म खाना खुवाईरहेको रोयल कोल्याब्रोटिभ्स अध्यक्ष गजेन्द्र शाहीले बताए ।
 
 लकडाउनको मारमा परी भारतबाट फर्किएका नेपालीहरुलाई निसर्ग हस्पिटल धनगढीको मुख्य सहयोग, धनगढी उपमहानगरपालिकाको प्राविधिक सहयोग तथा विभिन्न मनकारी व्यक्ती र संघसंस्थाहरुको सहयोगमा रोयल कोल्याब्रोटिभ्सले विगत १० दिनदेखि खाना खुवाउँदै आएको छ । रोयल कोल्याब्रोटिभ्सले भारतबाट फर्किएका नेपालीहरु मध्य दैनिक दुई हजार जनालाई खाना पानीको व्यवस्थापन गरिरहेको जनाएको छ । यसै क्रममा कैलालीको त्रिनगर नाकामा अलपत्र परेका नेपालीहरुलाई एक छाक खाना खुवाईएको छ । ग्रामीण महिला बिकास तथा एकता केन्द्र (रुडुक) कैलालीले आईतबार खाना खुवाईएको हो ।
 कोरोना  संन्त्रासका कारण कैलालीको त्रिनगर नाका हुदै  स्वदेश फर्केका   अलपत्र  एक हजार नेपालीहरुलाई   खाना र पानी खुवाईएको रुडुककी कोषाध्यक्ष प्रमिला लम्सालले जानकारी दिईन । सामाजिक उत्तर दायित्व अन्तरगत आफुहरुले सीमा नाकाबाट स्वदेस फर्कने समस्यामा परेकाहरुलाइ  खाना खुवाएर सहयोग गरेको कोषाध्यक्ष  लम्सालले बताईन् । अलपत्र नेपालीहरुलाई रुडुक कैलालीकी अध्यक्ष  ममता शाह, उपाध्यक्ष रेणु श्रेष्ठ, सचिव सुनिता राना, कोषाध्क्ष प्रमिला लम्साल सदस्य फुन नारायण भुषाल र गिता भण्डारीको सहभागितामा खाना खुवाईएकोे हो । यस्तै सामाजिक रुपान्तरणका लागी युवा परिचालन नेपालले ५६ पेटी पानी सहयोग  सहयोग गरेको थियो ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
