
सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ जना, बैतडी अस्पतालको प्रयोगशालाबाट १ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट १ जनामा कोरोना संक्रमण पुिष्ट भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसंगै सुदूरपश्चिममा संक्रमीतको संख्या १३ हजार ९ सय ७३ पुगेको छ । हालसम्म १२ हजार ६ सय २६ जना डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या १२ सय ९२ पुगेको छ ।
