
प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपाली कांग्रेसले सुदूरपश्चिममा पनि वडाव्यापी प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि त्यसको विरोध कार्यक्रमसँगै नेपाली कांग्रेसले निर्वाचनको तयारी पनि गरिरहेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत विरोध कार्यक्रम गरिसकेको कांग्रेसले बिहीबार वडास्तरको विरोध कार्यक्रम गर्न लागेको हो ।
विघटित प्रतिनिधिसभामा कमजोर अवस्थामा रहेको प्रमुख प्रतिपक्षी कांग्रेस प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ दल नेकपामा आएको विभाजनले केही हौसिएको देखिन्छ ।
