
सुदूरपश्चिम प्रदेशमा १ सय १५ जनाको नमूना परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल र अछामको कमलबजार प्रयोगशालामा १ सय १५ नमूना परीक्षण गर्दा एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सेती प्रदेशिक अस्पतालमा १ सय ८ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको र कमलबजार प्रयोगशालामा ७ नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १४ हजार २ सय २५ पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १२ हजार १ सय ७२ जनाले कोरोना जितेका छन् भने ७४ जनाको मृत्यु भएको छ।
